२६ असार, पाल्पा – पाल्पाका दुई सामुदायिक विद्यालयलाई शिक्षा मन्त्रालयले नमूना विद्यालयको रुपमा घोषणा गरेको छ ।
जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मुल्याङ्कन तथा शिक्षा विभागको स्थलगत अवलोकनसहितको मुल्याङकनपछि रामतल्सी माध्यमिक विद्यालय रामपुर र दमकडा माध्यामिक विद्यालय मदनपोखरा नमुना विद्यालय घोषित भएका हुन् । शिक्षा मन्त्रालयको आइतबार बसेको सचिव स्तरीय बैठकको निर्णयानुसार जिल्लाको निर्वाचन क्षेत्र नं.१ बाट रामतुल्सी माध्यामिक विद्यालय र क्षेत्र नं.२ बाट दमकडा माध्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा मुल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।
छनौट भएका विद्यालयको नाम शिक्षा विभागकले आइतबार बेलुका नै सार्वजनिक गरी सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई नमूना विद्यालयका रुपमा छनौट भएका विद्यालयलाई आर्थिक वर्ष २०७३/०७४ को विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भए अनुसारको निकास गरिदिन अनुरोध समेत गरेको छ । देशैभरबाट यसपटक १६७ वटा सामुदायिक विद्यालय नमूना विद्यालयका रुपमा छनौट भएको शिक्षा विभागले जनाएको छ ।