Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

वडा परिषद् चलिरहेको बेला आक्रमणको प्रयास

Monday, July 10, 2017 National Power

२६ असार, धादिङ – नीलकण्ठ नगरपालिका ८ नं वडाका सदस्य रमेश कोइराला माथि आइतबार वडा परिषद् चलिरहेको बेला आक्रमणको प्रयास भएको छ ।

परिषद् चलिरहेको बेला एक महिना अघि सोही वडाका नेपाली काँग्रेस कार्यकर्ता ठाकुर कुमाललाई उनकै कार्यकर्ताले आक्रमण गरी एउटा हात काटिदिएपछि अस्पतालबाट उपचार गरी फर्किएका कुमालले पुरानो विवादमा वडा सदस्यले अभियोग लागेकालाई संरक्षण गरेको भन्दै आक्रमणको प्रयास गरेका थिए ।

कुमाल समेतको आक्रमणबाट नीलकण्ठ–८ का कृष्ण ढुङ्गाना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले बताए ।

कुमालले वडा परिषद भएको ठाउँमा आक्रमण गरेर एकजना घाइते भएपछि वडा परिषद्समेत स्थगित गरिएको बताउँदै वडा अध्यक्ष गुणबहादुर थपलियाले अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।