Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

वडा परिषद् चलिरहेको बेला आक्रमणको प्रयास

Monday, July 10, 2017 National Power

२६ असार, धादिङ – नीलकण्ठ नगरपालिका ८ नं वडाका सदस्य रमेश कोइराला माथि आइतबार वडा परिषद् चलिरहेको बेला आक्रमणको प्रयास भएको छ ।

परिषद् चलिरहेको बेला एक महिना अघि सोही वडाका नेपाली काँग्रेस कार्यकर्ता ठाकुर कुमाललाई उनकै कार्यकर्ताले आक्रमण गरी एउटा हात काटिदिएपछि अस्पतालबाट उपचार गरी फर्किएका कुमालले पुरानो विवादमा वडा सदस्यले अभियोग लागेकालाई संरक्षण गरेको भन्दै आक्रमणको प्रयास गरेका थिए ।

कुमाल समेतको आक्रमणबाट नीलकण्ठ–८ का कृष्ण ढुङ्गाना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले बताए ।

कुमालले वडा परिषद भएको ठाउँमा आक्रमण गरेर एकजना घाइते भएपछि वडा परिषद्समेत स्थगित गरिएको बताउँदै वडा अध्यक्ष गुणबहादुर थपलियाले अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।