Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

डि–सिने अवार्डमा बिपीन, प्रियंका र छक्का पन्जा ठहरिए सर्वोत्कृष्ट

Sunday, July 9, 2017 National Power


नवौं डि सिने अवार्डमा छक्कापन्जाले सर्वाधिक एघार वटा अवार्ड जितेको छ । हेटौडाको ओम्याक्स हलमा असार २२ गते बिहीबार राती सम्पन्न अवार्डमा छक्का पन्जाले सर्वोत्कृष्ट फिल्म, नवनिर्देशक,अभिनेत्री, खलपात्र,हास्य अभिनेता,सम्वाद, नृत्यनिर्देशक,छायाकार, गायक,संगीतकार र सम्पादन बिधामा ट्रफी प्राप्त गरेको हो ।

छायाछबि क्रिएसनले आयोजना गरेका अवार्डमा ०७३ सालमा प्रदर्शनमा आएका मध्ये ५५ फिल्म सहभागी थिए । संगीतकार शम्भुजीत बास्कोटालाई छायांछबि लाइफ टाइम लिजेन्ड्री अवार्ड प्रदान गरिएको समारोहमा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई नगद ९,९९९ राशीको छायाछबि चलचित्र पत्रकारितार पुरस्कार–०७४ प्रदान गरिएको थियो । त्यसैगरी, अभिनेता सरोज खनाल र अभिनेत्री रुपा राना छायाछबि चलचित्रकर्मी रजत सम्मान प्रदान गरियो । सम्मानीत संगीतकार बास्कोटाले आफूले चार दशकदेखि गीतसंगीत क्षेत्रमा गरिरहेको योगदानको कदर गरिएकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा उनले आफ्ना केही हिट गीत सुनाएका थिए ।

अवार्ड समारोहका लागि काठमाडौबाट झण्डै साढे एकसय चलचित्रकर्मी तथा संचारकर्मी हेटौडा पुगेका थिए । जात्राबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका बिपीन कार्की र छक्का पन्जाबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड बिजेता प्रियंका कार्की, दुवै जना कार्यक्रममा उपस्थित थिइनन् । प्रियंका अमेरिकामा रहेकाले समारोहमा उपस्थित हुन नसकेकी हुन् ।
चलचित्रकर्मी मोहन निरौला, बिजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ,पत्रकार डब्बु क्षेत्री र छायाकार सवनम मुखीया निर्णायक रहेको अवार्डमा मिलन चाम्सलाई ‘इन्करेजमेन्ट अवार्ड’ दिइयो । त्यसैगरी निर्णायकले जात्रा फिल्मबाट प्रदिप भट्टराईलाई निर्देशक, झुम्कीबाट मनोज आरसीलाई अभिनेता र पुरानो डुङ्गाबाट मेनुका प्रधानलाई अभिनेत्रीको जुरी अवार्ड प्रदान गरे । क्रिटिक्स अवार्ड भने तीन घुम्ती फिल्मले प्राप्त गर्यो ।

नेपाली चलचित्रको बिकास र बिस्तारमा अवार्डले ठूलो सहायत गर्ने भएकाले आफूले डि सिने अवार्ड मोफसलतिर आयोजना गर्न थालेको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । उनले आठौ डि सिने अवार्ड पोखरामा गरिएको र यसपाली नवौं संस्करण हेटौडामा गरिएको बताए ।

कार्यक्रममा हास्य कलाकार जितु नेपालले आफ्नो हास्य ब्याङ्ग्य प्रस्तुतिमार्फत उपस्थित दर्शकलाई मनोरन्जित तुल्याएका थिए । त्यसैगरी, सुशान्त कार्की, निर्मल सेन्चुरी, सारिका घिमीरे, जेबिका कार्की, भिमफेदी गाइजले नृत्य प्रस्तुत गरेर मौहाल तताएका थिए भने साहिमा श्रेष्ठ र कृष्ण काफ्लले आफ्ना चर्चित गीत गाएका थिए । बिजेतालाई कलाकर्मी, हेटौडाका बुद्धिजिबि तथा उच्च पदस्थ अधिकारीले अवार्ड प्रदान गरेका थिए ।

अवार्ड बिजेता
एनिमेशन – मधुकर बलामी द फेमश
ध्वनि मिश्रण–मनोजराज भण्डारी – जात्रा
पाश्र्व संगीत–शैलेश श्रेष्ठ – गाजलु
केमियो –निश्चल बस्नेत – लप्पन छप्पन
द्वन्द्व निर्देशक–हिमाल केसी – निर्भय
बालकलाकार–साइब्रत आचार्य – छाया
हास्यकलाकार– केदार घिमिरे – छक्का पञ्जा
खलपात्र– दीपकराज गिरी – छक्का पञ्जा
उत्कृष्ट गीतकार– आकाश अधिकारी – म पागल ९के म तिम्रो होईन र०
संगीतकार– दीपक शर्मा – देखन चम्पा ९छक्का पञ्जा०
गायिका– मिना निरौला – ठमेल बजार – लुट २
गायक– कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
नृत्य निर्देशक– कविराज गहतराज – पूर्ब पश्चिम रेल ९छक्का पञ्जा०
कथा–रामबाबु गुरुङ – पुरानो डुंगा
पटकथा– हेमराज बिसी – गाजलु
संवाद– दीपकराज गिरी – छक्का पञ्जा
नवनायक– आर्यन अधिकारी – के म तिम्रो हैन र
नवनायिका–सृृष्टी श्रेष्ठ – गाजलु
नवनिर्देशक–दीपाश्री निरौला – छक्का पञ्जा
चरित्र अभिनेता– शिशिर राणा – बीर बिक्रम
चरित्र अभिनेत्री–गौरी मल्ल – के म तिम्रो हैन र
सहअभिनेता–सुशान्त कार्की – तीन घुम्ती
सहअभिनेत्री– सुस्मिता केसी – म त तिम्रै हु
सम्पादक–बिपिन मल्ल – छक्का पञ्जा
छायांकार – पुरुषोत्तम प्रधान – छक्का पञ्जा
अभिनेता–विपिन कार्की – जात्रा
अभिनेत्री– प्रियंका कार्की – छक्का पञ्जा
निर्देशक– हेमराज बिसी – गाजलु
फिल्म– छक्का पञ्जा
स्क्रिटिक्स अवार्ड– तीन घुम्ती
जुरी अवार्ड– निर्देशक प्रदिप भट्टराई – जात्राअभिनेता मनोज आरसी -झुम्की
मेनुका प्रधान –पुरानो डुङ्गा
चलचित्र पत्रकारिता पुरस्कार –लक्ष्मण सुवेदी
लाइफटाइम लेजेन्ड्री अवार्ड– शम्भुजीत बास्कोटापब्लिक
च्वाइस अवार्ड– कालीप्रसाद बास्कोटा -लुट–२ ठमेल बजार
चलचित्रकर्मी रजत सम्मान– सरोज खनाल र रुपा राना