Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ भदौ २४ मा हुने

Sunday, July 9, 2017 National Power

२४ असार, काठमाडौं – मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.ली.ले आगामी भदौ २४ गते नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७ गर्ने भएको छ ।
आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजनाबारे जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष माधव राज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्नको लागि यस्तो अवार्ड गर्न लागिएको जानकारी दिए ।
उनले भने,‘मलाई आशा छ, हामीलाई प्रयोजकहरु ,सम्पूर्ण कलेज, स्कूल, शिक्षक, अभिभावकहरुबाट सहयोग मिल्नेछ, जसले गर्दा यो अवार्ड सफल रुपमा सम्पन्न हुने हामीले विश्वास लिएका छौं ।
आयोजकका अनुसार उक्त अवार्डमा ५ सय भन्दा बढि स्कुल तथा कलेजहरुले भाग लिनेछन् । उक्त अवार्डमा सहभागी हुनेहरुको लागि आजैबाट फर्म खुलेको पनि आयोजकले जनाएको छ ।
विभिन्न विधाका लागी प्रदान गरिने अवार्डहरु यस प्रकार रहेका छन् 
१. वेष्ट स्कुल अफ द ईयर – २०१७
२. वेष्ट कलेज अफ द ईयर – २०१७
३.वेष्ट स्टुडेन्ट अफ द ईयर – २०१७ (कलेज)
४.वेष्ट स्टुडेन्ट अफ द ईयर – २०१७ (स्कुल)
५. वेष्ट रिजल्ट अफ द ईयर – २०१७ (कलेज)
६. वेष्ट रिजल्ट अफ द ईयर – २०१७ (स्कुल)
७. वेष्ट प्रिन्सीपल अफ द ईयर – २०१७ (कलेज)
८. वेष्ट प्रिन्सीपल अफ द ईयर – २०१७ (स्कुल)
९. वेष्ट मेनेजमेन्ट अफ द ईयर – २०१७ (कलेज)
१०.वेष्ट मेनेजमेन्ट अफ द ईयर – २०१७ (स्कुल)
११. वेष्ट स्पोर्ट अफ द ईयर – २०१७ (कलेज)
१२. वेष्ट स्पोर्ट अफ द ईयर – २०१७ (स्कुल)
१३. जुरी अवार्ड (स्कुल/कलेज)
१४.पब्लिक च्वाईस अवार्ड (स्कुल/कलेज)
१५. ईन्करेजमण्ट अवार्ड (स्कुल/कलेज) रहेको जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।
बेष्ट स्पोर्टर्स अफ दि ईयर अवार्ड को लागि टप टेन स्कुल तथा कलेजहरुबाट जम्मा ८/८ टीम स्कुल तथा कलेज छनौट गर्ने समेत आयोजकले जानकारी दिएको हो । र, फाईनलको लागि फुटबल टुर्नामेन्ट समेत गरिने आयोजकको भनाई छ । स्पोर्टर्स अवार्डको विजेताहरुलाई पुरस्कारको लागि नगद समेत प्रदान गरिनेछ ।
यद्धपी कति राशिको नगद पुरस्कार दिने भन्नेबारे अहिले नै निक्र्यौल भैसकेको छैन । ‘हामी अहिले यो विषयमा छलफलमै छौं, तर हामी छिट्टै निर्णय लिन्छौं,’ आयोजक समितिका कोषाध्यक्ष कमला कुमारी जोशीले भनिन् ।
त्यस्तै अन्य विधाका  विजेताहरु भने एसईई बोर्डको नतिजा, एचएसईबीको नतिजा, जुरीको मुल्यांकन र एर।एम।एस। भोटिङको आधारमा मुल्यांकन गरिने आयोजक समितिका निर्देशक समिर लामाले जनाए ।
त्यसैगरी अवार्डलाई सभ्य र भव्य वनाउनका लागी कुनै पनि कसर नछाडिने आयोजक कमिटिका कार्यक्रम संयोजक मोतीराज खनाल र व्यवस्थापक राजन थापाले वताए ।
त्यसै गरी अन्य आयोजक कमिटिको सदस्यमा नवराज दुवाडी सदस्य–सचिव, अर्जुन खरेल, पार्वती साउद, मनोज वेल्वासे सदस्य रहेका छन् ।