Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

बुटवल उमनपा वडा नम्बर १७ मा एमाले विजयी

Wednesday, July 5, 2017 National Power



२१ असार, रुपन्देही – बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा एमालेको प्यानलनै विजयी भएको छ । १९ वडा मध्ये १७ वटा वडाको मतगणना सकिदा ४६ हजार ६ सय ६१ मतगणना भई सकेको छ ।

अहिले सम्मको मतगणना अनुसार उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले २२ हजार ३५ मत ल्याएर अग्रता लिएका हुन । उनलाई नेपाली कांग्रेसका खेलराज पाण्डेले १९ हजार ३ सय ५४ मतका साथ पछ्याई रहेका छन ।

त्यस्तै उपमेयरमा पनि एमालेकै गुमादेवी आचार्य अगाडि छन । उनले २४ हजार २४ मतका साथ अग्रता कायम राखेका हुन । उनलाई माओवादी केन्द्रका उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले १३ हजार ५ सय ९४ मतका साथ पछ्याई रहेका छन ।