Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै

Wednesday, July 5, 2017 National Power

२१, असार – उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै लगेको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल अन्तर महादेशमा मार हान्न सक्ने क्षमताको रहेको पुष्टि गर्दै अमेरिकाले उत्तर कोरियाको परमाणु क्षमता बढेको बताएको हो । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमण विश्वका लागि खतरा बन्दै गएको बताए। अमेरिकाले परमाणु हतियारसहितको उत्तर कोरिया स्वीकार नगर्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ । उत्तर कोरियाले मंगलबार आफूले पहिलो पटक अन्तरमहादेशीय मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । उत्तर कोरियाले अब अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने क्षमता बनाएको अमेरिकी अधिकारीले बताए। तर उत्तर कोरियाको मिसाइलले निशाना सही साँध्न भने नसक्ने विश्लेषकले बनाएका छन् । उत्तर कोरियाले मंगलबार जापानको समुद्री क्षेत्रमा अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो ।