२०, असार – उत्तर कोरियाले अन्तरमहादेशमा मार हान्नसक्ने क्षमताको मिसाइल परीक्षण गरेको छ । जमिनमा आधारित मिसाइल प्योङयाङको हवाइ अड्डा नजिकबाट प्रहार गरिएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल ३७ मिनेटसम्म उडेपछि जापानको समुद्रमा खसेको अमेरिकी सेनाको प्यासिफिक कमाण्डले जनाएको छ । जापानले मिसाइल परीक्षणको निन्दा गर्दै उत्तर कोरियाको यस्तो गतिविधिले खतरा बढ्दै गएको स्पष्ट भएको बताएको छ । उत्तर कोरियाले पछिल्लो समय मिसाइल परीक्षणको क्रम बढाएको छ । यसले कोरियाली प्रायद्विपमा तनाव बढेको छ ।