Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

धनगढीमा कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरी

Tuesday, July 4, 2017 National Power

२० असार, कैलाली – कैलालीको धनगढी उप-महानगरपालिकामा नेपाली कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरीमा आएको छ । बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएकोमा अहिले स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मत बराबर आएको हो । अहिलेसम्म वड र हमालले ५१ हजार ४७ मत ल्याएका छन। उममेयरमा भने कांग्रेसको अग्रता कायमै छ । ६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याए । ५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।