Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

Sunday, July 2, 2017 National Power

१८ असार, डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले चार, एमाले दुई र माओवादी केन्द्रले एक तहमा विजयी प्राप्त गरेका छन्। नेपाली कांग्रेसले एक नगर र तीन गाउँपालिकामा जितेको छ। यस्तै एमालेले एक नगर र दुई गाउँपालिकामा विजय हासिल गरेको छ भने माओवादी केन्द्र एक गाउँपालिकामा निर्वाचित भएको छ।
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजय भएका छन्। अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो। अमरगढी नगरपालिकामा एमालेले ४, ५, ७, ९, १० र ११ वडामा विजयी हासिल गरेको छ।त्यस्तै १, २, ३, ६ र ८ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। परशुराम नगरपालिका परशुराम नगरको प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन। नगरप्रमुखमा कांग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा कांग्रेसकी कलावतिदेवी बोहरा विजयी भएकी हुन्। परशुराम नगरपालिकामा माओवादी केन्द्रले ६, कांग्रेसले ४ र एमालेले २ वडामा जितेको छ। आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। भागेश्वर गाउँपालिका भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। गन्यापधुरा गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजयी भएको छ।अजयमेरु गाउँपालिका अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छ। अध्यक्षमा उमेश भट्ट ‘विकास’ विजयी भएका छन्। नवदुर्गा गाउँपालिका नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको छ। ५२ वडा रहेको डडेल्धुरामा एमाले १९ कांग्रेस १७ माओवादी १६ स्थानमा विजयी हासिल गरेको छ ।