Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

त्रिशूलीमा खसेका व्यक्तिको उद्धार

Sunday, July 2, 2017 National Power

१८ असार, चितवन – पुथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिकै त्रिशुली नदीमा खसेर बेपत्ता भएका एक जनाको सकुसल उद्धार गरिएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित मुग्लिन र कुरीनटारको बीचमा पर्ने नाग्लिखोला नजिकै सडकबाट चिप्लिएर नदी किनारमा पुगेका उनको सकुसल उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौबाट नवलपरासीको दलदलेका लागि जन्ति आएको लु १ ख ९८८१ नम्बरको गाडीमा सवार ४५ बर्षका रञ्जन चापागाई सडक छेउवाट चिप्लिएर त्रिशुलीमा खसेका थिए ।
ढुंगाको कापमा अड्किएका उनलाई प्रहरीले सकुसल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान ५ बजेर ४५ मिनेटको समयमा गाडी जाम भएका बेला उनी गाडीबाट निस्किएका थिए । सोही क्रममा लडेको प्रहरीले जनाएको छ । ठुलो भिर रहेकाले डोरीमा झुण्डिएर तल पुगेका प्रहरीले उनको उद्धार गरेका हुन् । शनिबार कालिखोला नजिकै चिप्लिएर लड्दा एकजना बेपत्ता भएका थिए ।