Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पहिरोले घर पुर्दा एकजनाको मृत्यु, २ बेपत्ता

Sunday, July 2, 2017 National Power

१८ असार, पर्वत – अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पर्वतको महाशिला गाउँपालिका–१ मा गएराति एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

पहिरोले घर बगाउँदा ६३ वर्षीय तीर्थबहादुर मल्लको ज्यान गएको हो। उनकी आमा ८० वर्षीया बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको खोजीका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले तीर्थबहादुरको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।

घरमाथिबाट आएको पहिरोलो मल्लको घर र गोठ पुरेको थियो। पहिरोकै कारण सोही ठाउँका तिलबहादुर मल्लको गोठ पुरिएको छ। यसैगरी वर्षाकै कारण गएराति विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग पनि आइतबार बिहानदेखि सुचारु भएको छ। राति नै डोजर लगेर पहिरो पन्छाएको प्रहरीले जनाएको छ।