१८असार, रोल्पा – रोल्पाका १० स्थानीय तह सबैको मतपरिणाम सार्वजनिक भएको छ । माओवादी केन्द्रले ७ वटा, नेकपा एमाले २ र नेपाली काँग्रेस १ तहमा विजयी भएको छ ।
माओवादी केन्द्र थवाङ, दुईखोली, सुनछहरी, सुकिदह, सुवर्णावती र माडी गाउँपालिका सहित रोल्पा नगरपालिकामा विजयी भएको छ । यस्तै नेकपा एमाले त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिकामा विजयी भएको छ ।