१८ असार, डोटी – डोटीको शिखर नगरपालिका प्रमुख/उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा कांग्रेसका सीताराम जोशी ५३ सय ५३ मतल ल्याएर विजयी भए। त्यस्तै उपप्रमुखमा कांग्रेसकै धौलीदेवी रावल ५२ सय ३५ मत ल्याएर विजयी भएकी छन्। डोटी १० स्थानीय तहको अन्तिम परिणामा आएदा एमालेले ६ तहमा कांग्रेसले ३ तहमा र माओवादी केन्द्रले १ तहमा विजयी हासील गरेका छन्। जस मध्ये शिखर नगरपालिका बडीकेदार गाउँपालिका र के आइ सिं गाँउपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। त्यस्तै बोगटान गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अन्य ६ स्थानीय तहमा भने एमाले उम्मेदवारहरु विजयी भएका छन्।