Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कञ्चनपुरको लालझाडी गापामा माओवादी केन्द्र विजयी

Saturday, July 1, 2017 National Power

१७ असार, कञ्चनपुर – कञ्चनपुरमा ९ वटा स्थानीय तह रहेको लालझाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार मदन सेन बडायर र उपाध्यक्षमा सल्यादेवी महरा विजयी भएका हुन ।

अध्यक्ष पदमा मदन सेन बडायरले एमालेका निर्मल रानालाई १४२ मतले पछि पार्दै जित हासिल गरेका छन। उपाध्यक्षमा सल्यादेवी महरा १२४ मत अन्तरले विजयी भएका छन। अध्यक्षमा बडायरले २५०९ मत ल्याए भने उनका प्रतिद्वन्द्वीले २३६४ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा महराले २३४५ र उनका प्रतिद्वन्द्वीले २२२१ मत ल्याएका हुन ।

त्यसैगरी, वडामा अध्यक्षमा १, २, र ५ मा कांग्रेस र ३, ४ र ६ मा माओवादीले जित हासिल गरेका छन् ।