Wednesday 25th November 2020

    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक    शताब्दी वाङ्मय पुरुष जोशीद्वारा दुई पुस्तक र एक गीति एल्बमको लोकार्पण

बसको ठक्करबाट स्कुटी सवार दुईको मृत्यु

Friday, June 30, 2017 National Power


१६ असार, तनहुँ – तनहुँको म्याग्दे १ गुणादीमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । धादिङबाट पोखराका लागि छुटेको ग १ ख ३६९१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १२ प ६३४९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ज्यान गुमाउनेमा व्यास–५, मानुङ धरादीका बसन्त थापा र मदीप थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको शव परिक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।