१६ असार, डडेल्धुरा – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि विजय उत्सव मनाउन थालिसकेको छ । निर्वाचन कार्यालयले अन्तिम मत परिणाम औपचारिक घोषणा गरेको छैन ।