Thursday 4th March 2021

    नमोबुद्ध गुठि हस्तान्तरण    'फेशन फेयर अवार्ड— २०२०' भव्यरुपमा सम्पन्न    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री

मेक्सिकोमाथि शानदार जित

Friday, June 30, 2017 National Power


१६, असार – विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सोचीमा भएको सेमिफाइनलमा मेक्सिकोलाई ४–१ ले हराउँदै जर्मनीले उपाधि यात्रा तय गरेको हो ।

जर्मनीको जितमा लियोन गोरेत्काले दुई तथा टिमो वार्नर र आमिन युनिसले एक एक गोल गरे । मेक्सिकोका लागि मार्को फेबियनले एक गोल फर्काए । सुरुवातको ६ र ८ औं मिनेटमा नै गोरेत्काले गोल गर्दै जर्मनीलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा २–० को अग्रता लिएको जर्मनीका लागि वार्नले ५९ औं मिनेटमा गोल गरे । ३–० ले पछि परेको मेक्सिकोका लागि ८९ औं मिनेटमा फेबियनले एक गोल फर्काए । तर इन्जुरी समयमा युनिसले गोल गरेपछि जर्मनी ४–१ ले विजयी भयो । जर्मनीले अब उपाधिका लागि चिलीसँग खेल्ने छ । चिलीले पोर्चुगललाई टाइब्रेकरमा हराएर यसअघि नै फाइनलमा स्थाना बनाइसकेको छ ।