१६ असार, खोटाङ – खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेदवार शंकरबहादुर राई २ हजार १ सय ५३ मतसहित विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेम खड्काले १ हजार ५ सय ६२ मत ल्याए । यस्तै उपाध्यक्षमा पनि एमालेकै विमला राई २ हजार ८६ मत सहित चुनिएका छन । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता राईले १ हजार ४ सय ६६ मत पाएकि छिन ।