Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

मंगलसेन–१४ मा नेकपा एमालेको प्यानलसहित विजयी

Friday, June 30, 2017 National Power

१६ असार, अछाम – अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेका तेजबहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत ल्याए भने यस्तै मेयरमा पनि एमाले अगाडि छ ।
मेयर पदमा, नेकपा एमालेः पदम बोहराः ४६५, कांग्रेस–माओवादीः चन्द्रप्रसाद ढुुङ्गनाः ३८१,उपमेयरमा,नेकपा एमालेः सरिता उपाध्यायः ४७१,कांग्रेस–माओवादीः रोहीना भण्डारीः ४६९ मत ल्याए ।

यस्तै अछामको ढकारी गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ५ मा एमाले विजयी भएको छ । यस्तै कमलबजार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ४ मा नेकपा एमाले विजयी भएको छ ।मेल्लेख गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस विजयी हुँदा रामारोशन गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ ।