Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

डोटीका तीन स्थानीय तहमा कांग्रेस अगाडि

Thursday, June 29, 2017 National Power

१५ असार, डोटी – दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटीको पाँच स्थानीय तहको मतगणना सुरु भएको छ । गणना भएकोमध्ये तीन स्थानीय तहको प्रारम्भिक परिणाम बाहिरिएको छ ।

प्रारम्भिक परिणाम अनुसार तीनवटै स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

दिपायल सिलगढी नगरपालिका–१ को पाँच सय मत गणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवारले तीन सय एक मतका साथ अग्रता लिइरहेका छन् । कांग्रेस उपमेयर उम्मेदवारको मत एक सय ९७ छ । एमाले मेयर उम्मेदवार ८४ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् । एमाले उपमेयरको मत १ सय ९६ छ ।

नेकपा माओवादी केन्द्रका मेयरले ४८, उपमेयरले १५ मत पाएका छन ।

शिखर नगरपालिका–१ को पाँच सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवारलाई २ सय ७१ मत प्राप्त भएको छ । कांग्रेस उपमेयर उम्मेदवारलाई भने दुई सय ७१ मत मिलेको छ । एमाले मेयर उम्मेदवारले एक सय ६५ मत प्राप्त गर्दा उपमेयर उम्मेदवारको भोट एक सय ६८ छ । माओवादी केन्द्रका मेयर उम्मेदवारले २८ र उपमेयरले मात्रै २४ मत ल्याएका छन् ।

केआईसीं गाउँपालिकामा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसका अध्यक्षले दुई सय ४२ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसलाई जनमोर्चाले टक्कर दिइरहेको छ । मतगणनामा एमाले तेस्रो स्थानमा छन् । अन्य दुई गाउँपालिका सायल र आदर्शमा मतगणना सुरु भइसकेको भए पनि परिणाम सार्वजनिक भएको छैन । पूर्वीचौकी, बडीकेदार, बोगटान र जोरायल गाउँपालिका सुरु हुन नसकेको मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।