१५ असार, काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका तीनवटा प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा मतगणना सुरू भएको छ ।
रुपन्देही, डोटी, कञ्चनपुर, बैतडी, बाजुरा लगायतका जिल्लामा मतगणना रातिदेखि नै सुरु भएको छ ।
तीनवटा प्रदेशमा दोस्रो चरणको मतदानमा ७०.५ प्रतिशत मत खसेको थियो । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको थियो भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको थियो ।