Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

प्रधानमन्त्रीको सुरक्षाका लागि गएको जिप दुर्घटना

Wednesday, June 28, 2017 National Power

१४ असार, धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी डडेलधुरा भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा बुधबार दुर्घटनामा परेको छ ।

से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताए । प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेल्धुरामा मतदान गरी धनगढीतर्फ आउन लागेका थिए ।