Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

प्रधानमन्त्रीको सुरक्षाका लागि गएको जिप दुर्घटना

Wednesday, June 28, 2017 National Power

१४ असार, धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी डडेलधुरा भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा बुधबार दुर्घटनामा परेको छ ।

से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताए । प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेल्धुरामा मतदान गरी धनगढीतर्फ आउन लागेका थिए ।