१४ असार, रुकुम – रुकुम जिल्लाको ४ वटा मतदान केन्द्रमा टेलिफोन सम्पर्क अवरुद्ध भएको छ । जिल्लाको भुमेगाउपालिकामा रहेका ४ वटा मतदान केन्द्र भएको स्थानमा सञ्चार हुन नसकेको प्रमुख जिल्ला अधिकारी वंशीराज आचार्यले जानकारी दिए ।
गएराति अविरल वर्षाका कारण त्यस क्षेत्रको टेलिफोन सेवा अवरुद्ध हुनको साथैमध्य पहाडी राजमार्गको सडक समेत अवरुद्ध भएको आचार्यले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयले भने त्यस ठाउँमा मतदान शान्तिपूर्ण तरिकाले भइरहेको जानकारी दिएको छ ।