Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

राज्यले कर्णालीलाई राजमार्ग होईन मृत्यु मार्ग बनायो

Tuesday, June 27, 2017 National Power

१३ असार, कालिकोट – राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सचिव बिष्णु रोकायाले राज्यले कर्णालीलाई हरेक क्षेत्रमा उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन् । कर्णालीको लागि विभिन्न माध्यम बाट आवाज उठाउदै आएका रोकायाले राज्यले कर्णालीलाई बसौदेखी सौतेनी आमाको व्यबहार गर्दै आएको भन्दै अब कर्णालीको हक र अधिकारको लागि निणयक आन्दोलन गर्ने बताए । कर्णालीमा अथाह सम्भावना हुदाहुदै पनि राज्यले उचित ध्यान नदिदा त्यसको सहि सदुपयोग हुन नसकेको वताए ।

ठुला राजनितीक दलले जनतामा विभिन्न खाले जाल,झेल र झुठा सपना बाडेर भोट मागेर जितेपनी जनताको पिडालाइ र त्यस ठाउँको यथार्थलाई सम्बोधन गर्न नसकेको वताए । पछिल्लो समय यातायातको सुबिदा पुगेपनी राज्यले कर्णालीका जनतालाई भुलाउन राजमार्ग नभई गोरेटो मृत्युमार्ग मात्र निर्माण गरेको वताए।

सुर्खेत देखी जुम्ला सम्मको राजमार्ग केबल गोरेटो बाटो मात्र भएको र बाध्यताका कारण गाडी चलाएर जनताले मृत्युको धार बाट यात्रा गर्नु परेको रोकायले वताए । उनका अनुसार राजमार्ग भनेको यात्राको लागि ब्यबस्थित र सुरक्षित हुनुपर्ने हो तर कर्णाली राजमार्ग न्यूनतम मापदण्ड पनि पुरा नगरी जनताको आखामा छारो हाल्नको लागि बनाएका कारण आज कैयौं जनताले अकालमै ज्यान गुमाउनु परेको गुनासो हामीसंग रोकायले पोखेका छन् ।

राजमार्गमा बस चलेदेखी कैयौ जनताले अकालमै ज्यान गुमाउनु परेको भन्दै राज्यले कर्णालीलाई राजमार्ग नभै मृत्युमार्ग बनाएको आरोप उनलेलगाएका छन् । हरेक पटक घर जादा सुर्खेत देखी घर नपुगुन्जेल जिबनको अन्त्य कहानेर हुनेहो भन्ने पिरले पिरोली रहने अवस्था आम जनताकोरहेको छ । गरिब र कममजोरलाई राज्यले साथ दिनुको सट्टा उपहास गरेको भन्दै अब नयाँ पुस्ताले कर्णालीका हरेक मुद्दालाई राज्यले सिधा तरिकाले नसुने आन्दोलनको विकल्प नरहेको रोकायले वताए।

कर्णाली राजमार्गको स्तरोन्नति र फराकिलो बनाउन राज्यले उचित ध्यान दिन आवश्यक रहेको महशुसआम सर्वसाधरणले गरेका छन् र । रोकाय अगाडी भन्नुहुन्छ आज ढुक्क भएर कसैलेपनी गाडी चडेर हिड्ने अवस्था नभएको भन्दै राज्यले कर्णाली राजमार्ग सुरक्षित र ब्यबस्थित बनाउन नेपाल सरकारले तुरुन्त तदारुकता देखाउन रोकायाले सरकारसंग माग समेत गरेका छन्।