Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

पाल्पामा बस दुर्घटनामा एकको मृत्यु

Tuesday, June 27, 2017 National Power

१३ असार,पाल्पा – पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।