१३ असार, दाङ – आचारसंहिताविपरीत मौन समयमा चुनावी प्रचारप्रसार र मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै कांग्रेस सांसद डिल्ली चौधरी गरीवी निवारण कोषका कार्यकारी प्रमुख नहकुल केसीलाई तुलसीपुरका स्थानीयवासीले घेराउ गरेका छन् । गरिवी निवारण कोषको गाडीसमेत तुलसीपुर उपहानगरपालिका १७, भेलाहीका स्थानीयले केहीबेर कब्जा गरेका थिए । सोमबार साँझ भेलहीमा दोहोरो भनाभन भएपछि चौधरी केसी त्यहाँबाट बाहिरिएका थिए ।
सांसद चौधरीले एमाले र माओवादी कार्यकर्ताले आफूमाथि दुव्र्यवहार गर्न खोजेको बताएका छन् । गिरिवी निवारण कोषको साधन स्रोत चुनावमा मतदाता प्रभावित पार्न खर्च भएको आरोप एमाले र माओवादीका उम्मेवारले लगाएका छन् ।