Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

एसिड छ्यापेर महिलाको हत्या

Monday, June 26, 2017 National Power

१२ असार, महोत्तरी – महोत्तरीमा आइतबार राति एसिड छ्यापेर एक महिलाको हत्या भएको छ । गौशाला नगरपालिका–१ रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको एसिड छ्यापेर हत्या भएको हो ।

घरमा एक्लै बस्दै आएकी मंसरियादेवी आइतबार राति ९ बजेसम्म छिमेकसँग कुराकानी गरेर सुत्न गएकी थिइन्। तर सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि छिमेकले हेर्न जाँदा अनुहारमा एसिड छ्यापिएर मृत अवस्थामा ओछ्यानमै मंसरियादेवी फेला परेकी हुन ।

त्यसलगतै स्थानीय बासिन्दाले प्रहरी र घरपरिवारलाई जानकारी दिएका छन् । एसिडले उनको अनुहार जलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरीले जानकारी दिए ।