Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

दोश्रो चरणको चुनावका लागि आजसम्ममा सबै केन्द्रमा निर्वाचन अधिकृत पुग्ने

Saturday, June 24, 2017 National Power

१० असार, काठमाडौं – स्थानीय तहको दोश्रो चरणको चुनावका लागि शनिबारसम्ममा सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसक्ने भएका छन् । चुनावका लागि निर्वाचन अधिकृत खटिइसकेको र शनिबार बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टाढा मतदान केन्द्र भएका जिल्लामा चुनावका लागि आवश्यक सामग्री लिएर सबै कर्मचारीको टोली खटिइसकेको जानकारी दिए ।आयोगले दोश्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । असार १४ गते हुने चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि चुनिनेछन् ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ । यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनावका लागि ४ हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।