Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

स्थानीय तहको चुनावका लागि मतदान केन्द्रमा मतपेटिका पठाईंदै

Friday, June 23, 2017 National Power

९ असार, खोटाङ – असार १४ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि खोटाङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको एकसय ३६ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा बिहीबारदेीख मतपेटिका पठाउन सुरु गरिएको खोटाङका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । प्रति मतदान केन्द्र एक वटाका दरले मतपेटिका पठाउन थालिएको हो ।
चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा ११ सय र एकहजार एकसय ५० मतपत्र अट्ने मतपेटिका पठाउन थालिएको छ । शनिबारसम्ममा सबै मतदान केन्द्रमा मतपेटिकासहितका कर्मचारी पुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।