Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

करेन्ट लागेर एकको मृत्यु

Friday, June 23, 2017 National Power

असार, बर्दिया – बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । ओराली बजारमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका ४२ वर्षका बसन्त सिजापतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोे छ ।
पसलमा फलामको रड मिलाउने क्रममा रडले बिजुलीको लाईनमा छुँदा करेण्ट लागि घाइते भएका सिजापतिलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले बताएको छ।