Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सामूहिक बलात्कार गर्ने चार युवक पक्राउ

Friday, June 23, 2017 National Power

९ असार, महोत्तरी – महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षका सुनिल साह, २० वर्षका अनिकेत यादव, २१ वर्षका रमेश पञ्जियार र २० वर्षका सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताए।गएको जेठ २८ गते राति औरही बजारबाट फुल्बरिया गाउँतिर एक्लै जाँदै गरेकी २१ वर्षकी ती युवतीलाई औरही बजारदेखि ९ सय मिटर परआँपको बगैँचामा ढुकेर बसेका चारैजना युवाले रोकेर खेतमा लगी बलात्कार गरेको प्रहरीले बताए।
सामूहिक बलात्कारमा संलग्न युवा सुनिल साहलाई प्रहरीले घटनाकै राति १० बजेतिर समातेको थियो भने अन्य तीनजना युवा फरार थिए । फरार भएकालाई बिहीबार पक्राउ गर्न सफल भएको प्रहरीले बताए। सामूहिक बलात्कारमा संलग्न चारैजना युवालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी जबरजस्ती करणी मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए । घटनालगत्तै प्रहरीले उद्धार गरेको पीडित युवतीलाई स्वास्थ्य उपचार गराई अभिभावकको जिम्मा लगाइएको र उनको अवस्था ठीक रहेको प्रहरीले जनाएको छ ।