Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भिषण पहिरो जाँदा अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खुल्न अझै ५ घण्टा लाग्ने

Friday, June 23, 2017 National Power


९ असार, चितवन – चितवनको कालिखोला ४ मा भिषण पहिरो जाँदा अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खुल्न अझै ५ घण्टा लाग्ने भएको छ । पहिरो हटाउन लगातार काम गर्दा कम्तिमा ५ घण्टा लाग्ने जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । सडक अवरुद्ध बनेपछि हजारौ सवारी साधन विहिबार बेलुकादेखि विचबाटोमै रोकिएका छन् ।

यसैक्रममा गएराति चितवनको कालीखोलामा झरेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । गएराति ११ः३० बजे सडकमाथिबाट पहाडको ढिस्को नै खस्दा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूलीमा झरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । गाडीमा रहेका असई निश्चल तामाङ र चालक समेत जवान दीपककुमार मास्केको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख दिपक थापाका अनुसार प्रहरी गाडीमा रहेका सञ्जीव कार्की र लीलबहादुर चेपाङ अझै हराइरहेका छन् । उनीहरुको खोजिकार्यमा जुट्न समेत असम्भव भएको बताइएको छ ।

स्थानीय प्रशासन, प्रहरी र सडक विभागले पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयासलाई प्राथमिकता दिएको जनाएको छ । पहिरो पन्छाउन र यातायात खुलाउन सडक विभागका ५ वटा स्काइभेटर र डोजर प्रयोग गरिएको प्रमख जिल्ला अधिकारी नारायणप्रसाद भटटले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भटट र चितवन प्रहरी प्रमुख दिपक थापाको टोली आज बिहानै घटनास्थल पुगेको छ ।