Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

Friday, June 23, 2017 National Power

९ असार, धादिङ – पृथ्वी राजमार्ग अन्तरगत जोगिमाराको हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नम्बरको ट्रक हुग्दी खोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री, सहचालक जीवन लामा र ट्रकमा सवार एक यात्रु संजू राइको ज्यान गएको हो । अत्याधिक गतीमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।