Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

माओवादी उम्मेदवारको घरमा बम विस्फोट

Friday, June 23, 2017 National Power

९ असार, कैलाली – जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको भट्को घरमा शुक्रबार बिहान सुतली बम बिस्फोट भएको हो ।

प्रचण्ड बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए । बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । मेयर उम्मेदवार भट्ट माओवादी केन्द्रका नेता लेखराजका भाइसमेत हुन् ।

बम कसले विस्फोट गरायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । बम विस्फोटपछि प्रहरीले यो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।