Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नागरिक समाज र पत्रकार बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Thursday, June 22, 2017 National Power

८ असार, बागलुङ – बुर्तिबाङमा सरोकारवाला निकाय र स्थानीय पत्रकार, नागरिक समाजबिच संवाद तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार सुनिश्चित गरौँ, जवाफदेहिता कायम गरौं, भन्ने उदेश्य सहित आयोजित कार्यक्रम निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तर्गत जिल्ला बिकास सम्मोन्य समितीको सहयोग तथा आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानब अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक रेडियो ढोरपाटन रेडियो स्थानीय सम्योजन तथा सहयोगमां गरिएको कार्यक्रमका अबसरमा सहभागी बक्ताहरुले संविधानमा अधिकार र कर्तब्यका बिषय समेटीएपनी कार्यान्वयनको पाटो फितलो हुँदा अधिकार र कर्तब्य सँगै संविधानको पुर्ण व्यवहारिकता हुन नसकेको बताएका हुन् ।

संविधान देशको मुल कानुन भएपनी राजनितीको आड, अधिकार सँगै कर्तब्य निर्वाह हुन नसक्नु, कानुनको राज्यपक्षबाट पुर्ण पालन हुन नसक्नु जस्ता कारण जनताले पुर्ण रुपमा लोकतन्त्रको आभास गर्ने अबस्था अझै भईनसकेको बताएका छन ।

कार्यक्रमको विषयबस्तु माथि प्रकाश पार्दे सत्कर्म नेपाल बाग्लुङका मानव अधिकारकर्मी एवं अभियन्ता सिताराम थापाले नेपालको संविधानमा उल्लेखित प्राबधान चुनौती र संभावनाको बारेमा प्रस्तुति गरेका थिए । उनका अनुसार मानब अधिकारको बिषय जटिल बन्दै गईरहेको अबस्थामा नागीरक नै स्वम संयममित बन्दै आफनो अधिकार सँगै नागरीकले पाउने अधिकारमा भुमिका अभिबृद्धी गर्न र कर्तब्यलाई जोड् दिनुपर्ने बताए ।