Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

Thursday, June 22, 2017 National Power

८ असार, काठमाडौँ – नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा नेपालमा रहेको चीनका परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल विहिबार बिहान स्वदेश प्रस्थान गरेका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गरेको थियो । साथै, चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पतालको स्थलगत निरीक्षण गरेको थियो । चिनियाँ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत यु होङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे ।