Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

अज्ञात समूहद्धारा राप्रपाका उम्मेदवारमाथि आक्रमण

Wednesday, June 21, 2017 National Power

७ असार, इटहरी – सुनसरी इटहरीका राप्रपाका दुई उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।अज्ञात समूहले गएराति स्थानीय तहको चुनावमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा वडाध्यक्षको उम्मेदवार रहेका श्याम पोख्रेलमाथि आक्रमण भएको हो ।

राती नौ बजे इटहरीको बिराटनगरलाइन स्थित त्रिवेणी कलेज छेउमा मोटरसाइकलमा आएका तीन जनाको समूहमा रहेका व्यक्तिले पोख्रेलमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । पोख्रेल राप्रपाका उम्मेदवार हुन् ।

कालो पल्सरमा आएका व्यक्तिहरुले वडामा किन पोल बत्ती जडान गरिस, किन उमेरदवारी दिइस भन्दै अन्दाधुन्दरुपमा खुकुरी प्रहार गरेको राप्रपा इटहरी नगर समितिले जनाएको छ ।खुकुरी प्रहारबाट वडा अध्यक्ष भागेर बाँच्न सफल भएको राप्रपाले बताएको छ ।उनी सामान्य घाइते भएको प्रहरीले बताएको छ । आक्रमणको क्रममा उनी सवार को २० प ५९३५ नं. को मोटरसाइकलमा भने क्षती पुगेको प्रहरीले जनाएको छ ।