Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अज्ञात समूहद्वारा एमाले उम्मेदवारको घरमा बम विष्फोट

Wednesday, June 21, 2017 National Power

७ असार, उदयपुर – मंगलबार बेलुकी साँढे ७ बजे खोटाङमा नेकपा एमालेका वडा अध्यक्ष प्रत्यासी उम्मेदवारका घरमामा अज्ञात समूहले शक्तिशाली बम विष्फोट गराउँदा एक महिला घाइते भएकी छन्। जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका ८ वडाध्यक्षका उम्मेदवार लीला चौहानको घरमा बम बिष्फोट गराउँदा उनकी बुहारी घाइते भएकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बम बिष्फोटमा परी वडाध्यक्षका प्रत्यासी चौहानकी २२ वर्षे बुहारी सकुन्तला चौहान घाइते भएको प्रहरीले बताए। सकुन्तलाको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको र घाइतेको उपचार खोटाङमै भइरहेको प्रहरीले बताएको छ।घर छेउमै रहेको भान्छा कोठामा अज्ञात समूहले बम फ्‍याकेको दोस्रो बम पड्केको थियो। ‘उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको थिए।

एमाले खोटाङका अध्यक्ष बबी चामलीङअ बुधबार टेलिफोनमा कुरा गर्दै घट्ना योजनाबद्ध भएको अनुमान गरेको बताएका छन्। ‘यसरी बम पड्काउनेलाई तत्काल कारबाही हुनुपर्छ, ‘अध्यक्ष चामलिङले अहिले आफू घट्नास्थलमै रहेको भन्दै भने, अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम बिष्फोट बुझिन्छ।’ उम्मेद्वार चौहान चुनावी घरदैलो अभियानमै भएको वेला विष्फोट गराइएको हो। बिष्फोटका बेलामा उम्मेदवार चौहानकी आमा भने घरको माथिल्लो तलामा सुतिरहेकी थिइन्। पडकिन बाँकी रहेको बम दिक्तेलस्थित नेपाली सेनाको बिस्फोजल टोली बुधबार बिहान घट्नास्थल पुगी डिस्पोज गरेको थियो।