Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नजरवन्दमा राजपाका नेताहरु

Wednesday, June 21, 2017 National Power

७ असार, काठमाण्डौ –स्था नीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनय रोक्न आन्दोलन गर्न पाँच नम्बर प्रदेश पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु प्रहरीको नजरबन्दमा परेका छन् ।

आन्दोलनमा उत्रेका राजपा नेपालका नेताहरुलाई समातेर थुन्ने रणनीति बनाएका नेपाल प्रहरीले हिजो राजपा नेपालका चारैजना नेतालाई समात्ने योजना बनाएका थिए । उनीहरुलाई प्रहरीले समात्न त नसके तर चारैजना नेतालाई प्रहरीले नजरबन्दमा राखेका छन् ।

नवलपरासीमा भएको झडपकै क्रममा उनीहरुलाई समात्ने योजना थियो तर प्रहरी र राजपाका कार्यकर्ता विच झडप हुन थाले पछि राजपा नेपालका कार्यकर्ताहरुले भाषण गर्न व्यस्त महन्थ ठाकुरलाई सुरक्षित स्थानमा पुर्याएका थिए भने अलिन झा, राजकिशोर यादव र राजेन्द्र महतो झडपकै बीचमा भैरहवाका लागि हिँडिसकेका थिए ।राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण दिइरहेका बेला झडप शुरु भएको थियो ।

भैरहवाको कार्यक्रम सकेपछि पाँच जना नेता  होटलमा पुगेका थिए ।

साँझ होटल पसेका राजपा नेपालका महासचिव जितेन्द्र सोनलसहितका पाँच जना नेतालाई हालसम्म प्रहरीले निस्कन दिएका छैन । नेताको सुरक्षा भनेर प्रहरीहरु त्यहाँ तैनाथ छन् ।
राजपा नेपालका एक नेताले भने, ‘नेताहरु कुनै समान चाहियो वा केही कारण देखाउँदै निस्कन खोज्दा प्रहरीले केही काम छ भने हामी गर्दिन्छौं, के समान ल्याउनु छ हामी ल्याई दिन्छौ भन्दै उनीहरुलाई बाहिर निस्किन दिएको छैन ।’

होटल पसेको झण्डै २४ घण्टा हुन लागेको छ । पाँचजना नेता होटलमै नजर वन्दको अवस्थामा रहेको वुझिएको छ। हाल उनिहरु पवन होटल भैरहवामा रहेको वताईएको छ ।

झापादेखि बर्दिया, कञ्चनपुरसम्म सयौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले बताएका छन्।