७ असार, काठमाण्डौ –स्था नीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनय रोक्न आन्दोलन गर्न पाँच नम्बर प्रदेश पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु प्रहरीको नजरबन्दमा परेका छन् ।
आन्दोलनमा उत्रेका राजपा नेपालका नेताहरुलाई समातेर थुन्ने रणनीति बनाएका नेपाल प्रहरीले हिजो राजपा नेपालका चारैजना नेतालाई समात्ने योजना बनाएका थिए । उनीहरुलाई प्रहरीले समात्न त नसके तर चारैजना नेतालाई प्रहरीले नजरबन्दमा राखेका छन् ।
नवलपरासीमा भएको झडपकै क्रममा उनीहरुलाई समात्ने योजना थियो तर प्रहरी र राजपाका कार्यकर्ता विच झडप हुन थाले पछि राजपा नेपालका कार्यकर्ताहरुले भाषण गर्न व्यस्त महन्थ ठाकुरलाई सुरक्षित स्थानमा पुर्याएका थिए भने अलिन झा, राजकिशोर यादव र राजेन्द्र महतो झडपकै बीचमा भैरहवाका लागि हिँडिसकेका थिए ।राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण दिइरहेका बेला झडप शुरु भएको थियो ।
भैरहवाको कार्यक्रम सकेपछि पाँच जना नेता होटलमा पुगेका थिए ।
साँझ होटल पसेका राजपा नेपालका महासचिव जितेन्द्र सोनलसहितका पाँच जना नेतालाई हालसम्म प्रहरीले निस्कन दिएका छैन । नेताको सुरक्षा भनेर प्रहरीहरु त्यहाँ तैनाथ छन् ।
राजपा नेपालका एक नेताले भने, ‘नेताहरु कुनै समान चाहियो वा केही कारण देखाउँदै निस्कन खोज्दा प्रहरीले केही काम छ भने हामी गर्दिन्छौं, के समान ल्याउनु छ हामी ल्याई दिन्छौ भन्दै उनीहरुलाई बाहिर निस्किन दिएको छैन ।’
होटल पसेको झण्डै २४ घण्टा हुन लागेको छ । पाँचजना नेता होटलमै नजर वन्दको अवस्थामा रहेको वुझिएको छ। हाल उनिहरु पवन होटल भैरहवामा रहेको वताईएको छ ।
झापादेखि बर्दिया, कञ्चनपुरसम्म सयौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले बताएका छन्।