Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

रोजगारीका लागी साउदी गएका १७ युवाको बिचल्ली

Wednesday, June 21, 2017 National Power

७ असार, गाईघाट – केही दिनअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका उदयपुरका १७ युवा अलपत्र परेका छन्। काठमाडौंको सिनामंगलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको गाईघाटस्थित शाखाका सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साताअघि साउदी अरब पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडितका दाजु होमराज राईले जानकारी दिएका छन्। साउदीमा बिचल्ली हुनेहरूमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरेसहितका युवा रहेका पीडितका आफन्तले बताए। प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले साउदी पठाए पनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र बिजोग अवस्थामा एउटा होटलमा बसेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिए। म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताए।