Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

फाइल अड्काउने काम बन्द गर्न निर्देशन:मन्त्री साह

Wednesday, June 21, 2017 National Power

७ असार, काठमाडौँ – सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि बुधबार उनले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री साहले भने, “फाइल महिनौँ अड्काएर राख्ने गरेको गुनासो धेरै छ, हुने काम भए तुरुन्त अघि बढाइदिनुहोस्, नहुने काम भए कारण खोलेर जानकारी दिनुहोस्, क्षेत्राधिकार बाहिरको विषयवस्तु आए आफूभन्दा माथिल्लो निकायमा पठाइदिनुहोस् ।”