Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

एमालेको नयाँ चुनावी गीत सार्वजनिक

Tuesday, June 20, 2017 National Power

०६ असार,२०७४ काठमाण्डौ – नेपाल यति वेला दोश्रो चरणको स्थानिय निर्वाचनमा होमिएका छन् । विभिन्न राजनितिक पार्टीहरुले विभिन्न किसिमका चुनावी नाराहरुलाई लिएर जनताका माझमा गैरहेका छन् । जनतालाई प्रभावित पार्न र जनतालाई आफुतिर आकर्षित पार्नका लागी राजतिक पार्टीहरुले गीतसंगीतलाई आफ्नो चुनावी प्रचारको कडीका रुपमा पनि लिने गरेका छन् । त्यसमा काग्रेस, एमाले, माओवादी, राप्रपा लगाएतका विभिन्न पार्टीहरुका विच सांगीतिक प्रतिस्पर्धा नै भएको देखिन्छ ।

देवी हमाल,वद्री पंगेनी, राज सागर लगायतका थुप्रै गायक गायिकाले विभिन्न पार्टीको गीत गायका छन् । त्यसै गरी दोश्रो चरणको चुनावको लागी भनेर यति वेला पार्टीसंग आस्था राख्ने कलाकारहरुले गीत संगीतलाई जनतामाझ ल्याउने क्रममा पनि तिव्रता आईरहेको छ ।

मोती राज खनाल र मञ्जु गुरुङको स्वरमा हालै मात्रै एमालेको चुनावी अभियानका लागी भनेर नयाँ नेपाल निर्माण अव एमालेले गर्छ वोलको गीतलाई जनता सामु लिएर आएका छन् । जसको शव्द संगीत मोती राज खनाल स्वंयमले नै गरेका छन् ।

१० मिनेट लामो गीत लोक लयमा आधारित रहेको छ । जसको भिडियो पनि हालसालै सार्वजानिक गरिएको निर्माण पक्षले जानकारी गराएको छ । उक्त भिडियोलाई रुपेश थिङले निर्देशन गरेका छन् भने समिर लामा, उमेश श्रेष्ठ, मुकुन्द भुषाल, नरहरि घिमिरे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

-पावर न्यूज डेक्स

पुरा भिडियो हेर्नको लागी यहाँ लिंक गर्नुहोला