Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ट्रक र कार एक आपसमा ठोक्किदा एकको मृत्यु

Tuesday, June 20, 2017 National Power

६ असार, बाँके – बाँकेको राप्ती सोनारिको गाभरमा गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाईका छोरा डा. अमन किदवाइको दुर्घटनामा ज्यान गएको हो ।

सोमबार बेलुका दाङबाट नेपालगञ्जका लागि छुटेको बा ९ च ५९४७ नम्बरको कार ना ५ ख ९१८१ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अमनका भाइ डा. असिम किदवाई र मेडिकल कलेजमै कार्यरत डा.विमर्श अधिकारी घाइते भएका छन् ।