६ असार, बाँके – बाँकेको राप्ती सोनारिको गाभरमा गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाईका छोरा डा. अमन किदवाइको दुर्घटनामा ज्यान गएको हो ।
सोमबार बेलुका दाङबाट नेपालगञ्जका लागि छुटेको बा ९ च ५९४७ नम्बरको कार ना ५ ख ९१८१ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अमनका भाइ डा. असिम किदवाई र मेडिकल कलेजमै कार्यरत डा.विमर्श अधिकारी घाइते भएका छन् ।