Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

एमाले र माओवादी केन्द्रबीच झडप

Monday, June 19, 2017 National Power

५ असार, दार्चुला – दार्चुलामा मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको स्थानीयले जनाएका छन ।

मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको थियो ।माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्किदै गर्दा र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बुझिएको छ । दुवै पक्षबीच एकापसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका पाँच-सात जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबीच झडप भएको र झडपमा भएको क्षतिका बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको स्थानीयले जानकारी दिए । लटिनाथ बजारमा झडप हुँदा होटलमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण रहेकाले झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको स्थानीयले जनाए।