Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

एमाले र माओवादी केन्द्रबीच झडप

Monday, June 19, 2017 National Power

५ असार, दार्चुला – दार्चुलामा मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको स्थानीयले जनाएका छन ।

मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको थियो ।माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्किदै गर्दा र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बुझिएको छ । दुवै पक्षबीच एकापसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका पाँच-सात जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबीच झडप भएको र झडपमा भएको क्षतिका बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको स्थानीयले जानकारी दिए । लटिनाथ बजारमा झडप हुँदा होटलमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण रहेकाले झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको स्थानीयले जनाए।