Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति भण्डारी आजै नेपाल फर्कने

Sunday, June 18, 2017 National Power

४ असार – युएई स्थित नेपाली दूतावासको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेको छ ।
स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी भएर फर्किने क्रममा आइतबार बिहान आबुधावीमा उनलाई दूतावासका कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र द्वितीय सचिव कृष्ण अर्यालले स्वागत गरे ।
राष्ट्रपति भण्डारी आइएलओको १०६ औं सेसन अन्तर्गतको अलग्गै बैठक ‘वल्र्ड अफ वर्क समिट’ मा सहभागी हुन गएको मंगलबार स्विट्जरल्यान्डको जेनेभा गएकी थिइन । उनी आइतबार दिउँसो ४ बजे इतिहाद एयरवेज मार्फत नेपाल फर्किदै छिन ।