Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

रुसको विजय सुरुआत

Sunday, June 18, 2017 National Power


४ असार, काठमाडौं – आयोजक रुसले फिफा कन्फेडेरेसन कप फुटबलमा विजय सुरुआत गरेको छ । गएराति भएको उदघाटन खेलमा न्युजिल्यान्डलाई २ – ० ले पराजित गर्दै घरेलु टोलि रुसले विजय सुरुआत गरेको हो ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा भव्य उदघाटनका बीच भएको खेलमा रुसलाई जित दिलाउन फेडोर स्मोलोभले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो । न्युजिल्यान्डका लागि माइकल बोक्सलले आत्मघाती गोल गरेका थिए ।
फिफाको ओसियाना महादेशको च्याम्पियन टोली न्युजिल्यान्डविरुद्ध रुसले सुरुवाती मिनेटबाटै एकतर्फी खेल निकालेको थियो । तर, रुसले खेलको ३१ औं मिनेटमा माइकल बोक्सलको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । डेनिस ग्लूसाकोभको प्रहार गोलमा परिणत हुनेक्रममा रहेको बेला माइकलले बल क्लियर गर्न खोज्दा बल आफ्नै पोस्टमा छिरेको थियो । आत्मघाती गोलबाट पहिलो हाफमा १ – ० ले अग्रता बनाएको रुसले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६९ औं मिनेटमा स्मोलोभले गोल गर्दै रुसलाई २ – ० को जित दिलाए ।
यो जितसँगै समूह ए मा रहेको रुसले ३ अंक जोडेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । विश्व फुटबल महासंघ (फिफा)को ६ महादेशका च्याम्पियन टोलीले खेल्ने कन्फेडेरेसन कपमा रुसले आयोजकको रुपमा सभागिता जनाएको हो ।यस समूहमा युरोकप विजेता तथा अहिलेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल तथा मेक्सीको समेत रहेको छ । पोर्चुगल र मेक्सिकोबीचको खेल आइतबार राती हुने छ ।फिफा कन्फेडेरेसन कपमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।