Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

 चार स्थानीय तहमा माओवादी केन्द्र र समाजवादीबीच तालमेल

Sunday, June 18, 2017 National Power

४ असार, विराटनगर – नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आइतवार संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ ।

सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला संयोजक गोपी अछामीले जानकारी दिए ।
सोहीअनुरुप, रतुवामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका प्रकाश पौडेल र उपप्रमुखमा नारायण ताजपुरियालाई सघाउने सहमति भएको सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।
त्यस्तै, धनपाल गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवान र उपप्रमुखमा सङ्घीय समाजवादी फोरमका इन्द्रमणिदेवी मण्डललाई र कटहरि गाउँपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका श्याम मण्डल र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । उपप्रमुखका उम्मेदवारको छनोट केहीबेरमा हुने माओवादी केन्द्रका संयोजक अछामीले जानकारी दिए ।
सो अवसरमा लिम्बुवान प्रदेशका सहइन्चार्य भुराज राईले यी पार्टीबीच चारवटा स्थानीय तहमा भएको सहमतिका साथै अन्य स्थानीय तहमा पनि सहमति हुनसक्ने सम्भावना व्यक्त गरे ।