४ असार, गौशाला – महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर नजिक अन्दाजी २५/३० वर्षीय मधेसी मूलको पुरुष व्यक्तिको शव फेला परेको हो। धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे विशेष अनुसन्धान भइरहेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।